काठमाडौँ, २७ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ४५ मिनेट र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।
तपाईको बिचार