तीन विषयमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

तीन विषयमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

727

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अपराह्न संसदीय दलको बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय च:मतिमा बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन् । बैठक अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिइन् ।

कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो। हिउँदे अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ ।

 

तपाईको बिचार