भ्रष्टाचार विरोधी अभियानको परिणाम देखिन सुरु भयो : प्रचण्ड

भ्रष्टाचार विरोधी अभियानको परिणाम देखिन सुरु भयो : प्रचण्ड

1098

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा आशाको किरण प्रवाह भएको दाबी गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै गर्दा विभिन्न खालका जटिलता भोग्नुपरेको बताए ।  आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको दाबी गरेका छन् । आगामी दिनमा भ्रष्टाचार विरुद्ध थप एकताको आवश्यकता रहेको उनले औँल्याए ।

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई प्रचलित कानुन बमोजिम परिचालन गरिरहेको उनको भनाइ थियो । यसको केही सकारात्मक परिणाम समेत हासिल भएको प्रचण्डको दाबी छ ।

सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ ।

तपाईको बिचार

सम्बन्धित खबर