बैंकहरुसँग अधिक तरलता थुप्रियो

बैंकहरुसँग अधिक तरलता थुप्रियो

727

काठमाडौँ, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप लिदैछ ।

बैंकहरुसँग अधिक तरलता थुप्रियसँगै अघिल्लो दिन १० अर्ब लिएको बैंकले बिहीबार थप २५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज सार्वजनिक बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप लिइनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो २ बजे अनलाइन विडिङ सिस्टम सफ्टवेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । यस निक्षेप संकल उपकरण आजै जारी हुने बैंकले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर