पशुपतिनाथ आसपास मासु तथा मदिरा बिक्री र सेवनमा रोक

पशुपतिनाथ आसपास मासु तथा मदिरा बिक्री र सेवनमा रोक

793

काठमाडौँ, २१ मंसिर । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुने प्रकाशनले जनाएको छ ।

405970555_1417426695848107_4567193464493977639_n

तपाईको बिचार

सम्बन्धित खबर