एनसेलको सेयर बिक्रीमा खुला छलफल गर्न रवि लामिछानेको चुनौती

एनसेलको सेयर बिक्रीमा खुला छलफल गर्न रवि लामिछानेको चुनौती

839

काठमाडौँ, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेलको सेयर बिक्रीका विषयमा खुला छलफल गर्न चुनौती दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दलका नेताहरूले एनसेलको विषयमा खुला छलफल गर्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, “स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनको नाममा कुन दलका कुन–कुन नेताले कति–कति रकम खाए, कुन–कुन निकायका दैलादैलामा बाँडेर पचाए, खुला छानबिन गर्न तयार हुने हो ?” ।

तपाईको बिचार

सम्बन्धित खबर