उपप्रधानमन्त्री श्रेष्ठ हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

उपप्रधानमन्त्री श्रेष्ठ हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

803

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् ।

गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको  धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए । आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

तपाईको बिचार