अध्यक्ष तिमिल्सिनाद्वारा मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न आग्रह

अध्यक्ष तिमिल्सिनाद्वारा मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न आग्रह

723

काठमाडौँ, १९ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका हुन् । आज काठमाडौँमा आयोजित बालक्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे ।

उनले अघिल्लो पुस्ताका नेताहरूले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए ।

तपाईको बिचार