हिमाली भेगमा हिमपात

हिमाली भेगमा हिमपात

739

काठमाडौँ, १९ मंसिर । नेपालमा हिमाली भेगमा हिमपात सुरु भएको छ ।

आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो । हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको छ ।

अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर सुरु भएको महाशाखाले जनाएको छ । पश्चिमी वायु बढी सक्रिय रहेको नेपालको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको छ । सोमबारदेखि त्यो फैलँदै बागमती प्रदेश हुँदै पूर्वतिर सर्ने क्रम सुरु भएको छ । उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ ।

उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर