सिक्री लुटेर भाग्दै गरेको अवस्थामा युवक पक्राउ

सिक्री लुटेर भाग्दै गरेको अवस्थामा युवक पक्राउ

823

काठमाडौँ, १५ मंसिर । सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँबाट एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई बिहीबार राति पक्राउ गरेको हो ।

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरेका थिए । लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर