बर्दिया, ९ मंसिर । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे मृत्यु भएकाे हाे ।
घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे छ । घरमा के कारणले आगलागी भयाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
तपाईको बिचार