बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु

725

हेटौँडा, ८ मंसिर । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको हो ।

चितवनको राप्ति नगरपालिका वडा नम्बर–१ दुबि चौरका ४३ वर्षीय पौडेललाई मनहरी–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर