सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित

881
3d people – man, people push up word “tax”

काठमाडौँ, ७ मंसिर । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । जसमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

सम्मान गरिएका करदाता कम्पनीहरूमा सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम), निर्यात कारोबार : डाबर नेपाल प्रालि, विषेश उद्योग : एसियन पेन्ट्स, कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली, सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई, बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन : मनोकामना दर्शन प्रालि, वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज, ऊर्जा : भोटेकोसी पावर कम्पनी, रेमिटेन्स : आईएमई लिमिटेड, व्यक्ति आय : विजयकुमार शाह, आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो  दुई विधामा सम्मानित भयो) ।

 

तपाईको बिचार