काठमाडौँ, ६ मंसिर । आज नेपाली बजारमा सुन बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको बिचार