काठमाडौँसँग जोडिएका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ

काठमाडौँसँग जोडिएका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ

715

काठमाडौँ, ६ मंसिर । काठमाडौँसँग जोडिएका मुख्य नाकामा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालेका छन् ।

भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा गाडीमा विशेष जाँच गर्न थालेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गाडीमा चेकजाँचसहित आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरिएको बताए ।

मुख्य नाका थानकोटसहित फर्पिङ, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायतका क्षेत्रमा गाडी रोकेर जाँच हुँदै आएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार आवश्यक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर