क्यानडा । नेपाल सम्वत् ११४४ को स्वागत गर्दै सदा जस्तै यस पटक पनि देश-विदेशमा र्याली तथा विभिन्न कार्यक्रम गरि उल्लासका साथ म:पुजा मनाइएको छ ।
मिस नेवा:, लिटिल नेवा:हरुले पनि बषन्तपुर डबलीमा सगुन टीका लगाएर शुभकामना आदान प्रदान गरि मनाइएको छ । मिस नेवा कृषा सकिनाले आफ्नो घरमा म:पुजा गरि आफैले आफैलाई पुजा गरि परिवारका साथमा मनाइन् । यो चाड नेवार समुदायले हरेक वर्ष भाइटीकाको अगाडि मनाउने चलन छ ।
यस्तै क्यानडामा पनि नेवा गूठीले समुहिक म:पुजा आयोजना गरी दुई सय जनालाई सामूहिक कार्यक्रम राखेको थियो । कार्यक्रममा मिस नेवा आयोजक तथा समाजसेवी हेमा मानन्धरको पनि उपस्थिती थियो । नेवा गूठीले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आरहेको छ । यो चाड क्यानडामा मनाउनुको मुख्य उद्देश्य क्यानडामा बसोबास गर्न्ने नेपाली समुदाय तथा अहिलेका युवा युवतीलाई आफ्नो चाडपर्व रीतिरिवाज तथा संस्कार र संस्कृतको पुस्ताहस्तान्तरण गर्न्नु रहेको नेवा गूठी क्यानाडाका अध्यक्ष उतम कुमार मकाजु बताउँछन् ।
तपाईको बिचार