सोलुखुम्बु भ्रमणमा आएका एक इटलियन नागरिकको मृत्यु

सोलुखुम्बु भ्रमणमा आएका एक इटलियन नागरिकको मृत्यु

743

सोलुखुम्बु, २१ कार्तिक । सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका  छन्  ।

आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका-६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको मृत्यु भएकाे हाे ।

मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौँमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए । हिजाे सोमवार घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियाे । बोऋनकाे शव कानुनी प्रक्रिया गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएकाे प्रहरीले जनाएकाे छ ।

तपाईको बिचार

सम्बन्धित खबर