आजको मौसम

आजको मौसम

727

काठमाडौँ, १४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा र वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने बताएको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर