२२ जना प्रहरी हाजिर हुन आएनन्

२२ जना प्रहरी हाजिर हुन आएनन्

801

काठमाडौँ, १३ कार्तिक । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जना अधिकारीहरू हाजिर हुन नआएपछि सूचना नै निकाल्नु परेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ । उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरूलाई  सेवाबाट हटाउने कारबाही हुने बताइएको छ ।

2023-10-30-12-02-12-gopa-kattik-13-3

तपाईको बिचार

सम्बन्धित खबर