रास्वपाका नेताले कुटे प्रहरीलाईः रवि लामिछाने छुटाउन दौडधुप

रास्वपाका नेताले कुटे प्रहरीलाईः रवि लामिछाने छुटाउन दौडधुप

793

काठमाडौँ, १० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द र हातपात गरेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने सभापति रहेको उक्त पार्टीको र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको संलग्न रहेका एक स्थानीयवासीले जानकारी दिए ।

‘रवि लामिछानेको पार्टी (रास्वपा)को र्याट उपप्रमुख आशिष थापाले चेकिङमा रहेका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेको हुन्,’ उने भने, ‘उक्त अमानवीय तरिकाले राष्ट्रसेवक कर्मचारीलाई हातपात गरेपछि हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छौं ।’

उक्त व्यक्तिले विगतमा मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकेटके बोकी गैरकानुनी कार्य समेत गरेका थिए । उक्त व्यक्तिलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेपछि शक्ति देखाउँदै रास्वपाका सभापति रवि लामिछानेले छुटाउन दौडधुप गरिरहेको बुझ्न आएको छ । आफ्नो कार्यकर्ता जसरी पनि छुटाउन सभापति लामिछानेले प्रहरीलाई दवाव दिइरहेको स्रोतको दावी रहेको छ ।

भिडियो

 

तपाईको बिचार