संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : महासचिव पोखरेल

संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : महासचिव पोखरेल

707

दाङ, ६ कार्तिक । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन् । बडा दसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताए ।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई युवा पुस्ताले हटाउँदै जानुपर्ने बताउँदै महासचिव पोखरेलले नेपालमा सीमाका कारण लागुपदार्थ दुव्र्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान नै थाल्नुपर्ने बताए ।

समाजमा बढ्दो दुव्र्यसनी हटाउनका लागि गृह मन्त्रालयको मात्रै पहलकदमी अपुग हुने भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताए । महासचिव पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरू कार्य व्यस्तताका कारण बालबालिकाको चासो नदेखाएका कारण दुव्र्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरूले चासो बढाउनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहनगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाकातर्फबाट लागुपदार्थ दुव्र्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताए । उनले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताए । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले युवा जनशक्ति लागु पदार्थ दुव्र्यसनीमा बढिरहकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताए । रासस

तपाईको बिचार

सम्बन्धित खबर