घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

799

काठमाडौँ, ३० असोज । सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको छ । आज तोलामा १५ रुपैयाँले घटेको चाँदी हिजो सोमबार १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको बिचार