धनगढी, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर कडा टिप्पणी गरेका छन् ।
समाजवादी मोर्चाले सोमबार धनगढीले गरेको कार्यक्रममा प्रचण्डले टिप्पणी गरेका हुन् । उनले कांग्रेस नेता डा. शेखर कोइरालासँग गरेको सहमति पालना नभएकोमा असन्तुष्टि जनाए । उनले एकीकृत समाजवादीको अध्यक्ष रहेका माधवकुमार नेपालको तारिफ र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । अहिले पनि परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै उनले युवाहरुलाई सडकमा उतारेर परिवर्तन विरोधीलाई जवाफ दिन जरूरी रहेको बताए ।
माओवादी अध्यक्ष समेत रहेका उनले भने, ‘कांग्रेस पार्टी हो कि मञ्च हो थाहै छैन, एमालेमा पनि ठूलो चिरा परेको छ । यसले हामीलाई फाइदा हुन्छ । अब समाजवादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । त्यसको नेतृत्व समाजवादी मोर्चाले गर्छ । शेखर कोइरालासँग बसेर एउटा निकास निकाल्यौं, हिजो फेरि एमालेलाई घुसाउने काम भयो । त्यसलाई व्यवस्थापन गर्छौं, यसैले गठबन्धन टुट्दैन । माधव नेपालजी एमालेको महासचिवको हैसियतमा जनआन्दोलनको अगुवाइ गरिरहनुभएको थियो । हामीले दर्जनौं पटक छलफल गरेर संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो । तर अहिले एमालेको नामबाट नेतृत्व गर्ने रियल एमाले होइनन् ।’
तपाईको बिचार