डडेल्धुरा, २२ असोज । डडेल्धुराको अमरगढी नगरपालिकाबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा संचालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई ५८ हजार ८ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
तपाईको बिचार