बलात्कार आरोपमा एक युवक पक्राउ

बलात्कार आरोपमा एक युवक पक्राउ

777

मोरङ, २२ असोज । मोरङको कटहरी गाउँपालिका–७ बाट बलात्कार आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २१ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय करण सरदालाई पक्राउ गरेको हो । आइतबार साँझ प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा युवकले आफूलाई बलात्कार गरेको पीडित किशोरीको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर