प्रधानसेनापति बेलायत प्रस्थान

प्रधानसेनापति बेलायत प्रस्थान

725

काठमाडौँ, २१ असोज । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बेलायततर्फ प्रस्थान गरेका छन् ।

औपचारिक भ्रमणका निम्ति उनी आइतबार त्यसतर्फ गएका हुन् । प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षासचिव किरणराज शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । त्यसअघि, प्रधानसेनापतिलाई जंगीअड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर