काठमाडौँ, १५ असोज । काठमाडौँको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
प्रहरी स्रोतका अनुसार आज गौशालामा एक जनामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ ।
घाइतेको परिचय खुल्न बाँकी छ । गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्। प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ ।
तपाईको बिचार