दाङ, १५ असोज । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।
केही समयअघिदेखि डाँगीको स्वास्थ्यमा समस्या देखिएको थियो । आइतबार साँझ उनलाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । उनकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ ।
तपाईको बिचार