बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते

बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते

743

दाङ, १५ असोज  । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार पोखराबाट सुर्खेतका लागि छुटेको  ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे । घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ ।

बस चालक रामेछाप सुनापति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेकाे । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनाकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको बिचार

सम्बन्धित खबर