आजको मौसम

आजको मौसम

725

काठमाडौँ, १५ असोज । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौँउपत्यकालगायत देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तपाईको बिचार

सम्बन्धित खबर