काठमाडौँमा जुवाडे १० जना पक्राउ

काठमाडौँमा जुवाडे १० जना पक्राउ

740

काठमाडौँ, १४ असोज । काठमाडौँमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँको सामाखुसीमा बस्दै आएका तनहुँको व्यास नगरपालिका–७ का ५३ वर्षीय अम्मर गुरुङसहित १० जनालाई पक्राउ गरेको हो  ।

शनिबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको हो । काठमाडौँ महानगरपालिका–२६, म्हैपीमा डेरा गरी बस्दै आएकी रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


नगद ८० हजार १५० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर