पोखरा, १४ असोज । पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् ।
शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरीले जनाएको छ । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेका छन ।
उनी र अर्का एक जना साथी बागलुङबाट पोखराका लागि गाडी चढेको प्रहरीलाई खबर प्राप्त भएको छ । तर, उनीसँगै सवारको शव नभेटिएकाले बेपत्ता हुने एक उनकै साथी हुन भनेर यकिन गर्न सकिएको छैन । बिहानैदेखि बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ ।
तपाईको बिचार