पोखरा । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सहकार्य गर्न तयार रहेको बताएका छन् ।
आइतबार बिहान पोखरास्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा सम्बोधन गर्दै मन्त्री घिसिङ जनताले सबै वैकल्पिक शक्ति एक ठाउँमा हेर्न चाहेको बताउदै उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले धेरै समुह र दलसँग कुरा भइरहेको र त्यसको नतिजा पनि छिट्टै आउने बताएका छन् ।
आइतबार बिहान बालेन शाह र रवि लामिछानेबीच भएको सहमति पछि कुलमानको यस्तो अभिव्यक्ति आएको हो । कुलमानले रवि लामिछानेसँग बालेनको सहमति प्रति असहमति राखेका छन् ।
तपाईको बिचार