काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।
बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ र छलफल अझै जारी रहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।
शुक्रबार विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशन हुन नसक्ने भन्दै पुस मसान्त भित्र विशेष महाधिवेशनमा जान भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई ज्ञापन पत्र बुझाएपछि अब बैठक विशेष महाधिवेशनको विषयमा समेत केन्द्रित हुने भएको छ ।
तपाईको बिचार