एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान हुदै

एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान हुदै

617

काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज हुदै छ । मंगलबार दिनभर मतदानको प्रतिक्षामा बसेका प्रतिनिधिहरु राती ८ बजेपछि मतदान स्थगित भएपछि फर्किएका थिए । एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला मतदान स्थगित गरिएको थियो ।

विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान आज बिहान ८ बजेदेखि हुने भएको हो । आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८ घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

तपाईको बिचार