एमालेको बन्दसत्र आजबाट

एमालेको बन्दसत्र आजबाट

539

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।

बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ ।  यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।

तपाईको बिचार