मकर जितुमाया सुरी हाईड्रोपावरकाे साधारण सभा सम्पन्न

मकर जितुमाया सुरी हाईड्रोपावरकाे साधारण सभा सम्पन्न

541

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे  छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार यही मंसिर २६ गते काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य इभेन्टमा  सभा आयोजना गरिएकाे थियाे ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित र प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन÷थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ ।

 यस्तै, सञ्चालक समितिको तर्फबाट  प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल , लेखापरीक्षकको प्रतिवेदन सहितको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गरिएकाे छ।

यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा अवस्थित ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजना र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाबाट विगत ३ वर्ष देखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले रु. ३६ करोड ५१ लाख बराबरको विद्युत उत्पादन गरि बिक्री गरेको जनाएको छ।

 

तपाईको बिचार