काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । विहिबार नेप्से १.६६ अंकले घटेर २६०७. ३७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२६ कम्पनिका ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ मा कारोबार भएको थियो । आज बैंकिङ, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मुक्ति कृषि कम्पनिको शेयर ८.४२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको १८ करोड ९७ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको १२ करोड ३५ लाख कारोबार भएको छ ।
तपाईको बिचार