ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं : महेश बस्नेत 

ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं : महेश बस्नेत 

1441

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप लगाउदै महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने र । महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले नेता इश्वर पोखरेलले ओली आयोगमा बयान लिन किन नगएको भन्ने प्रश्न गरेको र केहि दिन अघि विद्या भण्डारीले प्रधानमन्त्रीलाई भेटेर ओलीलाई पक्राउ गर्ने कुरा गरेकोले सबैले एउटै दिशातिर संकेत गरेको बताएका छन् ।

उनले भनेका छन् :-

हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,
“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थे, उहाँ पनि जानैपर्छ।”

यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ।
२ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।

हिजै GenZ समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक,
हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम,
“केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल
सबै कुरा एउटै दिशातिर संकेत गर्छन्।

उनीहरूको उद्देश्य हो:
महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने,
र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।

तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने
एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।
पार्टी आफ्नो अडानमा अडिन्छ,
अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन।

तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ।
अब सशक्त प्रतिरोध हुनेछ,
र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।

तपाईको बिचार