साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

565

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरको अपराजित यात्रा कायम रहेको छ । अल नासरले गएराती सम्पन्न खेलमा अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, वेस्ली, साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले गरेको बाइस्कल गोल सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । त्यस्तै अल खालीजका लागि मुराद अल हवसावीले गरेका थिए ।

यो जितसँगै अल नासर साउदी लिगको यस सिजनमा अपराजित रहेको छ । अल नासरको ९ खेलमा २७ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल खालीजको ९ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

तपाईको बिचार