लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ : महेश बस्नेत

लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ : महेश बस्नेत

587

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थल नजिक जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयासको निन्दा गरेका छन् । युवा संघको कोशी प्रदेश जागरण सभामा सहभागी हुन इटहरी जाँदै गर्दा यो घटना भएको थियो ।

नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्दै विराटनगर विमानस्थलमा गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको उल्लेख गर्दै लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका छन् ।

उनले शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार भएको भन्दै आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताएका छन् ।

उनले भनेका छन् :

विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतम बाट गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।

प्रहरीको तत्परताप्रति धन्यवाद । हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।

बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।

तपाईको बिचार