संविधानको मर्म कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्छ : राष्ट्रपति पौडेल

संविधानको मर्म कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्छ : राष्ट्रपति पौडेल

765

काठमाडौं, असोज ३ । राष्ट्रपति महोदयले संविधान दिवस (राष्ट्रिय दिवस)–२०८२ को अवसरमा संविधानको मर्म र भावना व्यवहारमा उतार्न सबैलाई आ–आफ्नो स्थानबाट इमान्दार र प्रभावकारी योगदान दिन आह्वान गर्नुभएको छ।

संविधानलाई ऐतिहासिक उपलब्धि बताउँदै उहाँले यसले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता र समृद्धिको आधार तयार गरेको उल्लेख गर्नुभयो।

लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति महोदयले आन्दोलनका नेतादेखि आम नागरिक र राजनीतिक कार्यकर्तासम्मको योगदानको प्रशंसा गर्नुभयो। उहाँले संविधानले सुनिश्चित गरेका अधिकार, सेवा र सुविधामा सबै नागरिकको समान पहुँच कायम गर्न राज्य जिम्मेवार हुने पनि स्पष्ट गर्नुभयो।

तपाईको बिचार

सम्बन्धित खबर