रानी जमराको कृषिकार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

रानी जमराको कृषिकार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

566

भजनी (कैलाली), १८ भदौः राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ ।

कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदैछ । यो कार्यक्रमअन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

आयोजना कार्यान्वयन भएसँगै बिजवृद्धिमा प्रगति भएको छ । टीकापुर क्षेत्रबाट देशका १४ जिल्लामा उन्नत बीउ निर्यात हुँदै आएको छभने आयोजनाले केराखेती विस्तारमा गरेको सहयोगले टीकापुरमा ४५० हेक्टर क्षेत्रमा केराखेती हुँदै आएको छ । सागसब्जीखेतीबाट किसानलाई आत्मनिर्भर बनाएको छ । वसन्ते मकैखेती विस्तारमा आयोजनाले काम गरिरहेको छभने किसानलाई आधुनिक कृषिमा आकर्षित गर्न यान्त्रिकीकरणमा सहयोग रहेको एकाइ प्रमुख कँडेल बताउनुहुन्छ ।

आयोजनाको तेस्रो चरणमा चैते धान विस्तार, वसन्ते मकै उत्पादन, आलु उत्पादनलाई बढी प्राथमिकता दिएर किसानलाई सहयोग गर्ने तयारी गरेको छ । चैते धानको उत्पादन उत्साहवर्धक भइरहेको र आयोजनाले सिँचाइको पहुँच पुर्याउने भएकाले चैते धानको उत्पादन मनग्गे हुने आयोजनाको विश्वास छ ।

त्यसैगरी मकै उत्पादनमा जोड दिँदै पशुपन्छीको दानामा किसानलाई आत्मनिर्भर बनाउनतर्फ आयोजनाले ध्यान दिइएको छभने आयोजनाले आलुखेतीलाई रणनीतिक बालीका रूपमा अगाडि बढाउने योजना रहेको प्रमुख कँडेलले बताउनुभयो । कृषि उपज भण्डारण गर्न एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ । तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर