नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

641

काठमाडौँ, ४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड ट्वान्टी-२० शृंखलामा मेलबर्न रेनेगड्स एकेडेमीसामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काजालिस एरिनामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो

नेपालका लागि कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, रुपेशकुमार सिंहले अविजित १६ र आरिफ शेखले १२ रन बनाए ।

मेलबर्नका लागि फर्गुस ओ’ निल, क्यालम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान दुई विकेट लिए ।

तपाईको बिचार

सम्बन्धित खबर