सरोकारवाला भन्छन्- नागरिकको जीवन सहज भए आतङ्कवादको अवस्था आउँदैन

529

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वमन्त्री शक्ति बस्नेतले आतङ्कवादको अवस्थालाई सुधार गर्न नागरिकको जीवन सहज बनाउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालिन समाधान’ विषयक विचार गोष्ठीमा उनले नागरिकको जीवन सहज भयो भने नराम्रो बाटो सकेसम्म मानिसले नरोज्ने भन्दै आतङ्कवादको अवस्था आउन नदिन नागरिकको जीवन सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

उनले भने, ‘सुरक्षाको साधन मात्रै पनि दक्षिण एसियामा देखिएको आतङ्कवादको अवस्थाको समग्र समाधान होइन् । राज्यले विश्वास जित्ने वातावरण निर्माण गर्नुपर्छ । त्यसको लागि राज्य सबैको हो भन्ने अनुभूती गराउनुपर्छ । एउटा नागरिकको जीवन सहज भयो भने नराम्रो बाटो सकेसम्म मानिसले रोज्दैन् होला । त्यसकारण पनि नागरिकको जीवन सहज बनाउने तर्फ लाग्नु पर्छ ।’
यस्तै, उनले राज्यले जनतालाई आस्वस्त बनाउनको लागि जनतालाई विश्वासमा लानको लागि पूरा गर्नुपर्ने केही जिम्मेवारीका विषयहरुमा कमी अथवा समस्या आएपनि त्यसले उल्लेखित विषयलाई मलजल गर्ने बताए ।

उनले भने, ‘राज्यले जनतालाई आस्वस्त बनाउनको लागि जनतालाई विश्वासमा लानको लागि पूरा गर्नुपर्ने केही जिम्मेवारीका विषयहरुमा कमि अथवा केही समस्या रहदा त्यसले उल्लेखित विषयलाई मलजल गर्छ । देशमा जुन विविधता छ त्यो राम्रो कुरा हो । यो त पुँजी हो तर यसको व्यवस्थापन सहि तरिकाले नहुदाँ विखण्डनको समस्या पनि आउछ । दक्षिण एसियामा जुन परिवेश छ त्यो सकारात्मक भएपनि केही चुनौतीहरु पनि छ । यहाँ भएको विविधतालाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा पनि चुनौतीहरु देखा परेका छन् । यस कुरालाई सैद्धान्तिक तहबाट समाधान गर्नुपर्छ ।’
नागरिकको जीवन सहज भए आतङ्कवादको अवस्था आउँदैन ः शक्ति बस्नेत

तपाईको बिचार

सम्बन्धित खबर