मुम्बई, २२ साउन । आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ ।फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् ।
‘सायरा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज फिल्म्सले ‘सायरा’ को एक क्लिप सेयर गरेको छ, जसमा फिल्मको विश्वव्यापी कलेक्शन र भारतीय बक्स अफिस कलेक्शन पनि लेखिएको छ ।
जस अनुसार ‘सायरा’ले हालसम्म विश्वभर ५०७ करोडको आकर्षक कलेक्सन गरेको छ । योसँगै यसले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने प्रेमकथा फिल्मको उपाधि पनि जितेको छ ।
‘सायरा’ ले घरेलु बक्स अफिसमा पनि धमाकेदार कमाई गर्दै कीर्तिमान बनाएको हो । जुलाई १८ मा रिलिज भएको यो फिल्मले पहिलो हप्तामा १७२.७५ करोडको व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि आहान पाण्डेको फिल्मले १०७.७५ करोड कमाएको थियो । अहिले १८ दिनमा ‘सायरा’ले जम्मा ३०८ करोड रुपैयाँ कलेक्सन गरेको छ ।
‘सायरा’ आहान पाण्डेको डेब्यु फिल्म हो, जसलाई मोहित सुरीले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा अनित पड्डा देखिएकी छिन । ‘सायरा’ ६० करोड भारुमा बनेको म्युजिकल रोमान्टिक फिल्म हो ।
तपाईको बिचार