धनुषा, ७ साउन : नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलाे छ्यापाछाप गरेर पार्टी बलियाे नहुने बताउनुभएकाे छ ।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिकाे कार्यालयमा आयाेजित संक्षिप्त भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैकाे हित नगर्ने बताउनुभयाे ।` एकले अर्काेलाई गाली गरेर पार्टी बलियाे हुँदैन । हिलाे छ्यापाछाप गर्नुभन्दा पार्टी भित्रका कमजाेरी र त्रुटी सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्राे गर्दैन ,´ उहाँले भन्नुभयाे ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीकाे संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जाेड दिनुभयाे । कांग्रेस कमजाेर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उहाँले संघीय लाेकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियाे बनाउनुपर्ने बताउनुभयाे ।
उपप्रधानमन्त्री सिंहले चुरे दाेहन नराेकेसम्म चुरे संरक्षण हुन नसक्ने बताउनुभयाे । मधेसमा अहिले पानीकाे समस्या देखिनुमा चुरे दाेहन पनि कारण रहेकाे भन्दै उहाँले सरकारले मधेसमा देखिएकाे पानीकाे समस्यामा सरकार गम्भीर रहेकाे बताउनुभयाे । मन्त्रिपरिषद् बैठकले मधेसमा देखिएकाे पानीकाे समस्याका बारेमा केही निर्णय गर्ने जानकारी पनि उहाँले दिनुभयाे ।
तपाईको बिचार