राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन

राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन

1335

काठमाडौं, १७ जेठ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको मातहतमा राष्ट्रिय युवा परिषद्‍ले देशभरका युवा उद्यमी हरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ ।

उद्यमी सञ्जालको उद्देश्य युवा उद्यमी हरुलाइ एकताबद्ध बनाइ उनिहरुको हकहित, अनुभव आदानप्रदान, उद्यमशीलता प्रवर्धन तथा नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबिच सहकार्यको वातावरण तयार गर्नु रहेको युवा मन्त्रालय राष्ट्रिय युवा परिषदले जनाएको छ ।

युवा उद्यमी सञ्जालको अध्यक्षमा सुशील पराजुली सर्वसम्मत चयन भएका छन्। पराजुली विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न व्यवसायी हुन् ।

साथै, उनले भिडियो निर्माण कम्पनीको स्थापना गरेका छन् र डिजिटल मार्केटिङ अभियानमार्फत युवालाइ स्टार्ट अपको क्षेत्रमा आक्रसण गर्दै आएका छन्।

अध्यक्षमा चयनपछि पराजुलीले युवाहरु रोजगारीको लागि भौतारिने र पलायन हुने भन्दा पनि देशमै अवसरहरु खोजेर उद्यमशीलता, नवप्रवर्तन, व्यापार व्यवसायको क्षेत्रमा सक्रिय भएर लाग्नु पर्ने बताएका छन् ।

उनले भने, ‘ सरकारले युवा उद्यमशीलता लाइ पहिलो प्राथमिकतामा राखेर युवाको क्षेत्रमा व्यापक लगानि बढाउनु पर्छ, साथै व्यवसाय भनेको केवल पैसा कमाउने माध्यम मात्र होइन, यो राष्ट्र निर्माणको एउटा बलियो खम्बा हो। अब समय आएको छ, हरेक युवा उद्यमी, हरेक युवा व्यवसायी बनेर देशलाइ आर्थिक रुपान्तरण गर्ने।

सञ्जालमा तीन उपाध्यक्षहरू चयन भएका छन् । ई–कमर्स क्षेत्रमा सक्रिय युवा व्यवसायी राजकुमार अधिकारी, होटल तथा होस्टल व्यवसायमा क्रियाशील उद्यमी मनिष जङ्ग शाही, र भाषा तालिम तथा ट्राभल कम्पनी सञ्चालन गर्दै आएका सुदीप राज पुरी उपाध्यक्ष पदमा चयन भएका हुन् ।

त्यस्तै, सचिव पदमा डिजिटल व्यवसाय क्षेत्रमा संलग्न आदर्श दाहाल चयन भएका छन् । दाहाल युवामाझ नेतृत्वदक्षता र सक्रियताका लागि परिचित छन् । सह–सचिवमा अनुज धिताल, कोषाध्यक्षमा सर्मीला खनाल र सह–कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चयन भएका छन् ।

सञ्जालको कार्यसमितिमा सदस्यका रूपमा संकर खनाल, राज तामाङ, सन्दिप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल र कल्पना बराल चयन भएका छन् ।

सञ्जालको कार्यकाल दुई वर्षको रहनेछ। सञ्जाल गठन तथा पदाधिकारी चयनको अवसरमा आयोजित समारोहमा राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, शाखा अधिकृत रमेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर