भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट-दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
१ करोड रुपैयाको लगतमा निर्मित भवनको मंत्री दहालले आइतबार उद्घाटन गरेका हुन् । त्यस क्रममा उनले नगारिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताए । साथै सो सडक योजनाको काम निर्धारित समयमानै पूरा गर्न निर्देशन दिए। सडक विभागका महानिदेशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताए ।
तपाईको बिचार