विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था सदनलाई जानकारी गराउन माओवादीको माग

विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था सदनलाई जानकारी गराउन माओवादीको माग

629

नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन् ।

उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्यौल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे यस सदनलाई जानकारी गराउनको लागि सरकारलाई रुलिङ् होस भनि सभामुख समक्ष अनुरोध गर्दछु ।’

यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलासययुक्त बुढि गण्डकि जलविद्युत परियोजना यही आर्थिक वर्ष ८२, ८३ देखि निर्माण सुरु गरियोस् भनि सरकारसँग माग पनि गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर